Open Khabar
Before Header

प्रधानमन्त्रीको अभिब्यक्तिलाइ लिएर बिश्व हिन्दु महासंघले जारी गर्याे प्रेस बिज्ञप्ती

 

मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मस्थल अयोध्याका विषयमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले दिनुभएको अभिव्यक्तिका कारण हाल नेपाल भारत लगायत संसारभरिका धार्मिक तथा आध्यात्मिक संघसंस्थाहरु र हिन्दु ओमकार परिवारका बीचमा उत्पन्न परिस्थितिबारे विश्वहिन्दु महासंघको ध्यानाकर्षण भएको छ ।

युगौंदेखिको अविछिन्न रूपमा स्थापित नेपाल ( भारत सामाजिक सांस्कृतिक धार्मिक तथा आध्यात्मिक सम्बन्धलाई अक्षुण राख्दै संसारको एकमात्रै देवभूमि तथा तपोभूमी नेपालसँग हाम्रा धार्मीक ग्रन्थहरुले निर्देशन गरे अनुरुप मिथिला तथा अयोध्याको सम्बन्ध स्पष्ट रहेको हुँदा उक्त विषयको तथ्य प्रमाणिकताका आधारमा अघि बढ्नु आवश्यक ठहरिन्छ ।

यस सम्बन्धमा हाम्रा वेद , पुराण , उपनिषद,रामायण र पौराणीक धार्मिक ग्रन्थ आदीमा उल्लेखीत तथा निर्देशित मूल्य , मान्यता , परम्परा अनुरुप ओमकार परिवार तथा यस बिषयका ज्ञाता राष्ट्रिय (अन्तर्राष्ट्रिय स्तरका धर्मगुरुहरु तथा पुरातत्त्वका विज्ञहरु विच गहिरो छलफल तथा अध्ययन अनुसन्धान गरिनु पर्दछ।

अतस् धर्म(संस्कृति र अध्यात्म जस्ता अति संवेदनशील भावनात्मक विषयहरुमा वसुधैव कुटुम्वकम्को सद्भावलाई कायम राख्दै धार्मिक सांस्कृतिक एकतामा आँच आउन नदिन सबै पक्ष वीचसमझदारी कायम गरी सजगता अपनाइ अगाडि बढ्नका निम्ति अनुरोध गर्दछौं।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.