Open Khabar
inside Article Bleow Menu Single Page

लागूऔषध गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

फागुन २३, २०७७
 
Before Header
काठमाडौं – मकवानपुरमा लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
जिल्लाको थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गबाट हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३४ वर्षीय सोमलाल ब्लोन र हेटौंडा-१९ का ३५ वर्षीय ब्लोनलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
 
नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ ह १८८३ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा ९ केजी ६ सय ग्राम गाँजासहित उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
दुईजना मध्ये एक जना ३४ वर्षीय सोमलाल अटोचालक हुन् भने अर्का ३५ वर्षीय ब्लोन अटोमा सवार व्यक्ति हुन्। यस सम्बन्धमा प्रहरीले अटोसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको रिमालले जानकारी दिए।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.