Open Khabar
inside Article Bleow Menu Single Page

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु चारजना गम्भीर घाइते

फागुन २२, २०७७
 
Before Header
काठमाडौं – दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अम्तोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको हो।
 
दुर्घटनामा जीपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। मृत्यु हुनेमा सवारी चालक ३८ वर्षीय करन नाथसहित शैल्यशिखर नगरपालिका-८ का ४० वर्षीय पदमराज पन्त र सोही ठाउँकी ७० वर्षीया सुनादेवी पन्त रहेका छन्।
 
त्यस्तै, शैल्यशिखर नगरपालिका-८ बस्ने वर्ष ७२ का बुद्धि बल्लभ पन्त, पदम राज पन्तको छोरा वर्ष १२ का मुकेश पन्त र अर्का छोरा वर्ष ७ को बसन्त पन्त र वर्ष ७० की गंगादेवी पन्त भने घाइते भएका छन्। घाइतेहरूको अवस्था निकै गम्भीर रहेको सिंहले जानकारी दिए। जीप कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.