Open Khabar
inside Article Bleow Menu Single Page

लागुऔषध बोकेर काठमाडौं आउँदै गरेका १३ वर्षिय बालक पक्राउ

फागुन २१, २०७७
 
Before Header
काठमाडौं – काठमाडौंको नागढुंगाबाट लागुऔषधसहित एक बालकलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार चन्द्रागिरि नगरपालिका–२ नागढुंगाको चेकपोइन्टबाट प्रहरीले १३ वर्षीय बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो।
 
रौतहटबाट ना ८ ख ११०४ नम्बरको बसमा काठमाडौं आएका बालकको झोला चेक गर्दा १ हजार ९०० एम्पुल लागुऔषध फेला परेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।
 
उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको एसपी बस्नेतले बताए। बालकमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.