Open Khabar
inside Article Bleow Menu Single Page

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु चार घाइते

फागुन १९, २०७७
 
Before Header
काठमाडौं – झापाको सुरुंगामा ट्रकले ओभरटेक गर्ने क्रममा कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
 
कनकाई नगरपालिका–४ सुरुंगास्थित पूर्व–पश्चिम राजमार्गमा को १ ख १६८४ नम्बरको ग्यास बोकेको ट्रकले ओभरटेक गर्ने क्रममा बुधबार दिउँसो ३ः३० बजे विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान–१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलुखुम्बुको पासाङ गाउँपालिका १ का ३० वर्षीय दिलीप रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
 
उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बेलुका ५ बजे मृत्यु भएको हो। ट्रकको ठक्करबाट कारमा सवार दिलीप रानामगरकी श्रीमती ३० वर्षीय अञ्जु मगर, सोही स्थानका ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन्। घाइतेहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने ट्रक र ट्रक चालक मोरङ विराटनगर–१५ का प्रेमबहादुर वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.