Open Khabar
inside Article Bleow Menu Single Page

पेप्सीकोलामा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

फागुन १०, २०७७
 
Before Header
काठमाडौं – राजधानीको पेप्सीकोलामा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको दिक्तेल मझुवागढी गाउँपालिका–९ घर भएका ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन्।
 
काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलामा मूलपानीबाट रत्नपार्कतर्फ छुटेको बा ३ ख ९६६१ नम्बरको बसले सोमबार बिहान सवा १० बजे बाटो काट्ने क्रममा सोही ठाउँ बस्दै आएका श्रेष्ठलाई ठक्कर दिएको हो।
 
बसको ठक्करबाट गम्भीर घाइते श्रेष्ठलाई तत्कालै उपचारका लागि पेप्सीकोलाको मदरल्याण्ड अस्पतालमा लगिएको थियो। तर उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बससहित चालक र सहचालकलाई प्रहरी प्रभाग काडाघारीले नियन्त्रणमा लिएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.