Open Khabar
inside Article Bleow Menu Single Page

बाँकेमा चितुवाको छालासहित तीनजना पक्राउ

फागुन १०, २०७७
 
Before Header
काठमाडौं – बाँकेको कसुमबाट चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएका प्रहरीले चितुवाको छालासहित सल्यान बाघचौर नगरपालिका–३ का जीतबहादुर डिसी, कुमाख गाउँपालिका–७ का कमल डिसी र हिमेन्द्र वलीलाई पक्राउ गरेको हो।
 
जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अवैधरुपमा ओसारपोसार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले केही दिनदेखि त्यस क्षेत्रमा चेकजाँचमा कडाइ गरेको थियो। कुसुमस्थित सडकखण्डमा शङ्कास्पदरुपमा हिँडिरहेका व्यक्तिहरुलाई आज खानतलासी गर्ने क्रममा चितुवाको छालासहितको झोला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
 
खानतलासीका क्रममा जीतबहादुरले बोकेको कालो रङ्गको झोलाभित्र दुई थान चितुवाको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानालेे बताए। पक्राउ परेकाहरु वन्यजन्तुका छाला तथा अङ्ग खरीद बिक्री गर्ने कारोबार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ। रानाका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम उनीहरुलाई रु एक लाखदेखि रु २५ लाखसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानूनी व्यवस्था छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.