Open Khabar
inside Article Bleow Menu Single Page

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु एक घाइते

माघ ८ , २०७७
 
Before Header
काठमाडौं – सप्तरीको खडक नगरपालिका ११ बनौलीमा गए राति मोटरसाइकल दुर्घटनापरि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
 
हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नम्बरको तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा खडक–११ बनौलीका मोटरसाइकल चालक २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी भने गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागी उपचारार्थ छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ।
 
दुवै शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.