Open Khabar
Before Header

ललितपुरमा पिकअप भ्यानले मोर्निङ वाकमा निस्केका दुई वृद्धलाई ठक्करदिँदा एकको मृत्यु, अर्का एक घाईते

सोहन राई
कार्तिक ६, २०७७
Before Header
 
काठमाडौं – आज ललितपुरको बालकुमारीमा पिकअप भ्यानले मोर्निङ वाकमा निस्केका दुई वृद्धलाई ठक्करदिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।
 
बालकुमारीको पुलमुनि बा १२ च ४२२८ नम्बरको पिकअप भ्यानले दुई जनालाई ठक्कर दिएर फरार भएको थियो। फरार भएको जीपलाई कालोपुलबाट प्रहरीले नियन्त्रणमा लिइएको ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले जिपलाई नियन्त्रणमा लिएपनि चालक भने फरार रहेका छन्।
 
दुई जना मध्ये महालक्ष्मी नगरपालिका ४ इमाडोलका ७८ वर्षीय बाबुकाजी महर्जनको जीपको ठक्करबाट निधन भएको छ भने सोही ठाउँका ७० वर्षीय भाटलाल महर्जन घाइते भएका छन्। जीपले ठक्कर दिँदा बाबुकाजीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्। त्यस्तै, घाइते भाटलालको भने बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिएर फरार भएका चालकको खोजी भइरहेको एसएसपी राईले जानकारी दिएका छन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.