Open Khabar
Before Header

दशैंकै बेला एक वृद्धले भतिजाको घरमा झुण्डिएर आत्महत्या गरे

सोहन राई
कार्तिक ६, २०७७
Before Header
 
काठमाडौं – दार्चुलामा एक वृद्धले दशैंका बेलामा झुण्डिएर आत्महत्या गरेका छन्। गए राती दार्चुलाको महाकाली नगरपालिका ५ मोहतीस्थित अन्दाजी ६० वर्षीय वृद्धले आत्महत्या गरेका हुन्।
 
महाकाली नगरपालिका १ मलेरा घरभई हाल महाकाली ५ मोहती बस्दै आएका दिलिप सिंह बडालले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।
 
प्रहरीका अनुसार उनले भतिजा करन सिंह बडालको घरमा बुधबार राति करिब ८ बजेतिर मोहतीस्थित झुण्डिएर आत्महत्या गरेका हुन्। घटनास्थलमा प्रहरी खटिइ मुचुल्का तयार पारिहेको तथा पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए। घटनाक्रम बारे छानविन तथा अनुसन्धान कार्य भइरहेको उनको भनाइ छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.