Open Khabar
Before Header

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा मुछिएका डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा

सोहन राई
असोज २९, २०७७
Before Header
 
काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ।

 

 
बिहीबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई डिएसपी जिसीको निलम्बन फुकुवा गर्न पत्र लेखेको हो। निर्मला बलात्कार-हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए।
 
जिल्ला अदालत कञ्चनपुरले गत साउन १५ गते उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो। सफाइ पाएलगतै जिसीले पुनर्वहालीका लागि गृहमा निवेदन दिएका थिए। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले डीएसपी जिसीको निलम्बन फुकुवाको पत्र गृहले मुख्यालयमा पठाएको बताए। ‘गृहले निलम्बन फुकुवाको चिठी आज पठाएको छ,’ प्रहरी प्रवक्ता कुवेर कडायतले भने, ‘कानुन शाखाले अब प्रशासनलाई पत्र लेखेपछि उहाँ काममा फर्कनुहुन्छ।’
 
जिसीसँगै निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामी भने रिटायर्ड भइसकेका छन्। उनीहरूलाई नियमअनुसार निलम्बन अवधिको पेन्सन पट्टाको व्यवस्था मिलाइने जनाइएको छ। पन्तको बलात्कार तथा हत्या प्रकरणमा मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक दिल्लीराज विष्टलाई पनि पुनर्बहालीको बाटो खुलेको छ। उनीबारे भने मन्त्रिपरिषदले निर्णय गर्नु पर्ने छ।
 
सामाजिक न्याय र यातना कसुरमा  जिसीसहित आठ प्रहरीलाई प्रतिवादी बनाइएको थियो। जिसी डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो। २०७५ साउन ११ गते बिहान पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका-१८ को उखुबारीमा फेला परेको थियो। उक्त बलात्कार-हत्याका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.