Open Khabar
inside Article Bleow Menu Single Page

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको प्रमाणपत्र

काठमाडौं,नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्कृष्ट गीतकारको प्रमाणपत्र प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि काठमाडौमा आयोजित एक कार्यक्रममा उत्कृष्ट गीतकारको प्रमाणपत्र हस्तान्तरण गरिएको निर्देशक मोहन निरौलाले जनाए ।

उनकाअनुसार कार्यक्रममा प्रमाणपत्र प्रधानमन्त्रीको प्रतिनिधिकारुपमा चलचित्र निर्देशक बिश्वदीप घिमिरेले बुझेका थिए । प्रधानमन्त्री निवास बलुवाटार पुगेर चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

Before Header

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवानेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गिती एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.