Open Khabar
inside Article Bleow Menu Single Page

हेटौंडा अस्पतालका दुई डाक्टरसँग दोस्रो पटक सोधियो स्पष्टीकरण

Blood pressure measuring. Doctor and patient. Isolated on white background. Health care.; Shutterstock ID 89752360; PO: man-at-doctor-stock-TODAY-150608; Client: TODAY digital. Many men can't remember their last doctor visit.

बागमती, वाग्मती प्रदेशको हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ।

दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका छन्।

Before Header

अन्सारी ड्युटीको समयमा पनि व्यक्तिगत क्लिनिकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको पाइएकाले स्पष्टकीरण सोधिएको थियो।

यसअघि पाण्डे र अन्सारीलाई निलम्बन गरिएको भए पनि फेरि पनि गलत काम गरेकाले दोस्रो पटक स्पष्टीकरण सोधिएको हो।

अस्पतालमा कार्यरत दुवैलाई यसअघि पनि निलम्बन गरेर फुकुवा गरिएको थियो।

अन्सारीलाई चार दिन र पाण्डेलाई तीन दिन डा श्रेष्ठले निलम्बन गरेका थिए।

वाग्मती प्रदेश सरकारमातहत हेटौँडा अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ।

सरकारी मान्यताअनुसार ५० शय्याको उक्त अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमा रहेको छ।

अस्पतालमा मकवानपुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरूपमा सेवा लिँदै आएका छन्।रासस

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.