Open Khabar
inside Article Bleow Menu Single Page

सत्यभन्दा माथि शासक हुन सक्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्यभन्दा माथि शासक हुन नसक्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताउँदै सत्यको जित भएको जनाएका छन् ।

Before Header

‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ,’ वरिष्ठ नेता पौडेलले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद !’

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.