Open Khabar
inside Article Bleow Menu Single Page

निर्मला पन्तको हत्यारा कानूनी कठघरा नजिकै, छिट्टै पक्राउ पर्ने गृहमन्त्री थापाको दावी

फागुन ०८, २०७७
 
Before Header
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधी छिट्टै पक्राउ पर्ने बताएका छन्। शनिबार मोरङको विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै मन्त्री थापाले पन्तको हत्यारा कानूनको कठघरा नजिक आएको समेत दावि गरेका हुन्।
 
मन्त्री थापाले उक्त कार्यक्रममा सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट नदिने बताएका छन्। उनले भने, ‘निर्मलाको बलात्कारी पनि कानूनको कठघरा नजिक आएको छ। म सबै अपराधीहरूलाई सचेत गर्न चाहन्छु। यो सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट दिनेछैन।’
 
सरकारले महिला हिंसा विरुद्ध अभियान चलाएको समेत मन्त्री थापाले बताएका छन्। त्यस्तै, उनले भागरथीको सन्दर्भमा प्रधानमन्त्री ओलीको उद्‍घोषलाई सावित गर्दै अपराधीलाई कानूनको कठघरामा ल्याएको बताए। ‘यो कार्यकालमा हामीले महिला हिंसाको विरुद्ध अभियान चलायौँ। अस्ति भर्खर हाम्रा प्रधानमन्त्रीले भन्नुभयो, अपराधीहरूलाई पानीमुनि गएपनि छोड्ने छैनौं। त्यो भागरथीको सन्दर्भमा थियो, हामीले प्रधानमन्त्रीको उद्‍घोषलाई सावित गर्‍यौं र कानूनको कठघरामा ल्याउन सफल भएका छौं।’ मन्त्री थापाले भने।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.