Open Khabar
inside Article Bleow Menu Single Page

पाकिस्तानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १० घाइते

INside Content

काठमाडौँ। पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा परी अरु १० जना घाइते भएका छन् ।

पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गिट बाल्टिस्तानमा यात्रुवाहक बस गहिरो नदीमा खसेको थियो ।

Before Header

घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनीहरूको भनाइ छ ।

दुर्घटनामा परेको बसमा १५ जना यात्रु थिए । घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसअघि गत जुन ८ मा पनि बालोचिस्तानमा भएको दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । त्यतिबेला यात्रु बहाक भ्यान झण्डै १०० फिट तल खोँचमा खसेको थियो ।
फाइल तस्वीर- गिल्गीट बाल्टिस्तान प्रहरी

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.