
गैंडाकोट
गैंडाकोट वडा नं ७ र ९ का बालबालिकालाई लक्षित गरि दुई दिने मनो सामाजिक परामर्श कार्यक्रम नारायणी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
असार ३ र ४ गते दुई दिन संचालित कार्यक्रमका सभाअध्यक्ष गैंडाकोट वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटा वडालाई बालश्रम मुक्त र बाल विवाह मुक्त गरि बालमैत्री वडा बनाउनका लागि आफूले योजना तय गर्ने कुरा व्यक्त गर्नुभयो ।
गैंडाकोट वडा नं ७ र ९ का गरि ४५ जना बालबालिकाहरु सहभागि उक्त कार्यक्रममा बालमैत्री अभियन्ता एवं नारायणी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्याय र मनोसामाजिक परामर्श कर्ता सबिना सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको संचालन महिला बालबालिका तथा समाजकल्याण उप शाखा प्रमुख सिताकुमारी लामिछाने पौडेल र नरमाया रानाले सञ्चालन गर्नुभएको थियो



