Open Khabar
inside Article Bleow Menu Single Page

सेनाको विज्ञप्ति : एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गर्ने प्रक्रिया अघि बढेको छैन

INside Content

काठमाडौं । नेपाली सेनाले एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ ।

Before Header

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ ।

नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा बताएको छ ।फाइल तस्वीर ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.